You are viewing the translated version of कम्प्यूटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा ग्राह्य हुने.
Section 10C
कम्प्यूटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा ग्राह्य हुने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अन्त:शुल्कको प्रयोजनको लागि अन्यथा प्रमाणित भएकोमा - बाहेक विभाग वा अन्तर्गतका कार्यालय वा अन्त:शुल्क प्रशासन गर्न तोकिएको कार्यालयमा रहेका कम्प्यूटरबाट प्रशोधित कुनै व्यक्तिको अन्त:शुल्क सम्बन्धी अभिलेख प्रमाणको रुपमा ग्राहा हुनेछ ।
(२) अन्त:शुल्क लाग्ने तोकिएका वस्तु वा सेवाको उत्पादन सम्बन्धी तथ्याङ्क विद्युतीय माध्यमबाट विभाग वा विभागले तोकेको कार्यालयमा स्वतः प्राप्त हुने गरी व्यवस्था गर्न सक्नेछ ।
(३) विभागले विद्युतीय माध्यमबाट अन्त:शुल्क विवरण पेश गर्ने र अन्त:शुल्क भुक्तानी गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।